NAPA

नेपाल अमेरिका प्रगतिशिल मंच

देश भर माओबादिको भब्य बिजय!!!!

Posted by admin on April 11th, 2008

माओबादी

Posted in Uncategorized | No Comments »

एस्तो छ नेपालको स्थिती

Posted by M.T. Lama on February 4th, 2008

विदेशमा बस्ने नेपालीहरुलाई नेपालको यादले सधै सताउछ। नेपालमा बस्नेहरुलाई यहाँको अबस्था देख्दा वाक्का न ब्यक्का भएको छ। यहाँ न बत्ती छ? न पट्रेलो छ? न डिजेल छ? न शान्ती छ? न शुरक्षा छ? न भनेको समयमा ठाउमानै पुगिन्छ? जताततै फोहोर छ। जताततै ट्राफीक जाम छ। धूलो र धूवाँको त कुरा गरेरा साध्यनै छैन। जताततै मान्छेकै घुईचो छ। कसैलाई फुर्सद छैन। कोही पजेरोमा, कोही ट्याक्सीमा, कोही माईक्रो भ्यानमा। लोकल बसको त के कुरा!! सधै हा्उस फुल। योवनले भरीपूर्ण र अर्ध उमेरकाहरु जोडी बाँधेर मोटर साईकलमा सवार। जाने कहाँ हो पत्तो छैन तर सधै ब्यस्त। सबैको हातमा मोवाईल अनि सबै जना आफै मोबाईल किन भने जहाँ पनि भेटीन्छ। यो त भयो सामान्य नागरिको को बजारमा देखीने दैनिकी।

नेताहरु भाषण गर्दै फुर्सद छैन। सधै बैठक। त्यसमा पनि सत दलका नेताहरुको त वयान गरेरा साध्य नै छैन। मन्त्रीहरु बैठक, शिलान्यास, उद्घघाटन वि्मोचन, भोज र निम्तो मान्न ब्यस्त। कर्मचारीहरु घुस र कमिशनको वरिपरी ब्यस्त। कान्तीपुरको एउटा “आजा” भन्ने एउटा कार्यक्रमले नेपाको विमान स्थलभित्रको कर्माचारीले पाकीसतानी नागरीकलाई पैसा लिएको भिडीयो रेकर्डीङ टलेभीजनमा देखायो। सोधपुछ्को लागी निलमबनमा परेछ । विद्यार्थीहरु स्ववियूको चुनावमा ब्यस्त थिऐ तर के गर्नु गिरीजाले र प्रचन्डको अगाडी के को चुनाव? वाईसिएलहरु अरुको सर्टीपिकेटमा क्यामपस भर्ना भटाभट किन भने उनीहरुको क्याम्प बालजुमा छ। उनिहरुलाई पैसाको के खाँचो?  दरवार र काँङ्ग्रेसको एउटा समूह चुनाव हुन नदिन कम्मर कसेर लागेको छ। एस्तै छ साथी हो नेपालको खबर।

Posted in Uncategorized | 1 Comment »

सात दलको संयुक्त सभा सम्पन्न!!

Posted by admin on January 15th, 2008

·       dgdl0f sfkm\n]    sf7df8f}+, #) k’if

. ;+ljwfg ;efsf] r’gfjL dfxf}n ;[hgf ug{ ;Qfwf/L ;ft /fhgLlts bnn] cfh oxfF ;+o’Qm ;ef ;DkGg u/] .sf7df8f}+sf] v’nfd~rdf cfof]lht ;+o’Qm ;efdf af]Nb} g]=s=kf=-Pdfn]_sf dxf;lrj dfwjs’df/ g]kfnn] ;f] ;efn] r’gfjL dfxf}n v8f ug]{ atfP . pgn] r’gfj lj/f]wLx?nfO{ cl:jsf/ ug{ hgtfnfO{ cfJxfg ub}{ cfkm\gf] kIfdf r’gfjL kl/0ffd gcfpg] cfz+sfdf s’g} klg nf]stflGqs zlQm r’gfjaf6 efUg gx’g] lhls/ u/] . g]kfnn] b]znfO{ gofF o’udf k|j]z u/fpg ;+ljwfg ;efnfO{ dxfg cj;/sf] ?kdf pkof]u ug’{kg]{ hgfpb} o;sf nflu /fhgLlts bnx? aLr ePsf ;a} ;xdlt O{dfGbf/Lk”j{s kfngf ug’{kg]{ atfP . ;+ljwfg ;efsf] r’gfj ljyf]Ng ul/g] xts08fnfO{ ;fd’lxs k|of;af6 ljkmn agfpg ;lsg] cleJolQm lbb} dxf;lrj g]kfnn] hgtfn] cj s;}sf] bf;tf l:jsf/ gug]{ atfP . ;efnfO{ ;+jf]wg ub}{ g]=s=kf=-dfcf]jfbL_ sf cWoIf k|r08n] ;+ljwfg;ef lgjf{rg x’g glbg] if8oGqnfO{ v/fgL jgfP/ lgjf{rg ;DkGg ug]{ r]tfjgL lbP . ;+ljwfg ;efsf] nflu cfkm\gf] kf6L{n] bz xhf/ hgfsf] alnbfgL u/]sf] hgfpb} pgn] cfk\mgf] kf6L{nfO{ ;+ljwfg ;ef c? ;a}sf] eGbf Kof/f] ePsf] atfP . cWoIf k|r08n] cfkm\gf] kf6L{nfO{ k6s k6s o’4df kmsf{pg] if8oGq ePsf] :d/0f u/fpFb} ;]gf ;dfof]hgsf] ljjfb To;}sf] kl5Nnf] s8L ePsf] hgfP .  pgn] k|wfg;]gfklt ?Sdf+ut s6′jfnn] ;dfof]hgsf] gfddf av]8f lems]/ jftfj/0f wldNofpg] k|of; u/]sf] eGb} ;]gfnfO{ /fhgLlts/0f ug{ gx’g] s6′jfnsf] ;fj{hlgs cleJolQm :jo+ /fhgLltaf6 lgb]{lzt /x]sf] atfP . k|r08n] g]kfnL e”ldn] Ps};fy zflGtsf nflu a’4 / c/fhstfsf lj?4 h+uaxfb’/sf] hGd vf]h]sf] eGb} of] ;Dej x’g] pNn]v u/] .g]kfnL sf+u|];sf g]tf ;]/axfb’/ b]pjfn] d’n’sdf u0ftGq t cfof] cfof] eGb} zflGtsf nflu h+uaxfb’/ geO{ a’4 rflxPsf]n] k|r08nfO{ a’4 aGg ;Nnfx lbP . pgn] sf+u|];sf] cflwsfl/s nfO{g u0ftGq ePsf] hgfpb} s;}sf] xNnfsf] kl5 s’b\g gx’g] atfP . ;efnfO{ hgdf]rf{sf cWoIf clds ;]/rg, g]dlskfsf k|]d ;’jfn, jfddf]rf{sf l;=kL= d}gfnL / ;b\efjgfsf Zofd;’Gb/ u’Ktf nufotn] ;+jf]wg u/]sf lyP .  ;efdf cfs|f]z kf]lvof] v’Nnfd+rsf] ;f] ;efnfO{ ;+jf]wg ug{ k|wfgdGqL lu/Lhfk|;fb sf]O{/fnf gcfPsf] eGb} ;xefuLx?n] cfs|f]z kf]v]sf lyP . pgLx?n] g]tf b]pjfn] af]Ng z’? ugf{;fy k|wfgdGqL rflxG5 eGb} xf]xNnf dRrfPsf lyP . o; qmddf s’;L{ tyf kfgLsf af]tnx? d+r tkm{ kmflnPsf] lyof] . ;xefuLx?n] k|wfgdGqLaf6 xfn} lgo’Qm ljgf ljefluo dGqL ;’htf sf]O{/fnf -lu/Lhf k’qL_ n] /fhtGq k|lt b]vfPsf] df]xk”0f{ cleJolQmsf] lj/f]wdf gf/fjfhL ;d]t u/] 

.b’ws’08df kfgL

;ft bnåf/f cfof]lht o; cfd;efsf] Jofks tof/L ul/Psf] k|rf/ s]xL lbg cl3 b]lv g} ePsf] lyof] . nfvf}+sf] dfgj;fu/ v’Nnfd+rdf cf]n{g] c8\sn ul/P klg To:tf] b]lvPg .  v’Nnfd+rdf hgtfsf] e]n gc6\g] cfsng u/L ;ef:yn eGbf aflx/sf Go’/f]8, /Tgkfs{, a;kfs{, ef]6flx6L nufotsf :yfgdf ;’Gg ;lsg] u/L dfO{ssf] Joj:yfkg ul/P klg v’Nnfd+r g} ;Dk’0f{ ?kdf el/Psf] lyPg . æb’ws’08df cfkm\gf] Psnf]6f kfgL xfn] s]xL km/s kb}{g Æ eGg] pvfg;+u d]n vfPsf] eGb} /fhgLlts ljZn]ifs tyf kqsf/ emns ;’j]bLn] eg] x/]s bnn] cfkm’n] xNnf u/] em}+ sfo{If]qdf sfd gu/]sfn] o:tf] ePsf] xf]Ú . oBkL, ;efdf xhf/f}+sf] ;+Vofdf hgtfsf] ;xeflutf lyof] .   ad k8\Sof]

;ft bnsf] cfd;ef ;lsPsf] nut} ef]6flx6Ldf ;’tnL ad ljikmf]6 eof] . ;efdf ;xefuL x’g NofPsf] a;df km\ofFlsPsf] ;f] adn] & hgfnfO{ ;fdfGo 3fO{t] agfof] . ad k|xf/ ug]{ JolQmsf] klxrfg eg] x’g ;s]g . ;+ljwfg;ef lj/f]wLx?åf/f cft+s ;[hgf ug]{ dg;foaf6 ;f] ad kmflnPsf] c8\sn /fhgLltsj[Qdf 5 .     

Posted in नापा ब्लग | No Comments »

के मावोबादी पनि देश टुक्राउन लागेकै हो त?

Posted by M.T. Lama on August 16th, 2007

कसैलाइ के को धन्द, घर ज्वाइलाई खानाकै धन्द भने झै कसैलाई देश जोगाउन र कोही देश टुक्राउन लागी परेका छन। तराई तिरका केही गुट र समुहालाई अनआश्याक महत्व दिएर अहिले देशको को छुट्टै सिमा कोर्नु पर्ने कुरा खुलेआम गरेरा हिडेका छन। त्यसको साथ साथै मावोबादीको बैठकले पनि छुट्टा छुट्टै राज्यको परिकल्पना गरेर आगोमा घिउ थप्ने काम गरेको छ। हचुवाको भरमा राज्य विभाजन गरेर आफुलाई पृथक देखाउन चाहेको छ। नेपाल र नेपालीको राजनिती गर्नु पर्ने नेता र पार्टीहरुले जातीय, छेत्रीय र धर्मको राजनीती गर्न अग्रसर देखिएको छ र यसमा मावोबादीहरु १ नं मा देखिन्छ। अन्य राजनीतिक दलहरु पनि यसको सिको गर्न पछि परेका छैनन। यस्ता खालको राजनिति अत्यान्त घिनलाग्दो, भयनाक र खतरणक हुनेछ।

२१औ शताब्दीमा आएर नेपाल जस्तो बहुभाषीक, बहुजातीय र बहुधार्मिक देशमा कुनै एउटा निश्चित जाती, क्षेत्र र धर्मको अधिनमा रहन सक्छ? कुनै जात र क्षेत्रको आधरमा राज्यो विभाजन गर्ने र जातीया नामकरण गर्नु के प्रगतिशिल र क्रान्तीकारि कुरा हुन सक्छ? के यो मावोबाद र मार्क्सवाद संगत छ? यदी सानो मुलुक पनि विभाजन गर्नु पर्ने कारण के हो? जुन राज्यको विभाजन र नामकरण मावोबादीले गरेका छन त्यो अत्यन्त बिरोधाभाष र जातीहरु विच द्वन्द चर्काउने खालको देखिन्छ? १४ वटा अंचल र ७५ जिल्लामा राज्यको संरचना विभाजीत छ। कुन कुराले मावोबादीको लागी बादक बनेर अर्को राज्यको विभाजन गर्नु प-यो? कि मावबादीहरुको सधै मुखैमा झुण्डीरहेको नयाँ नेपाल यही हो? प्रचन्डको ले विभाजन गरेको नेपाल भन्दात १४ अंचल ७५ जिल्ल, हिमाल, पाहड र तराई गरेर विभाजित छेत्र र नामहरु धेरै वैज्ञानिक र मार्मिक छन।

Posted in नापा ब्लग | No Comments »

नेपाली आमाले दिएको सरापले भष्म गरिदिनेछ

Posted by M.T. Lama on July 26th, 2007

नेपालको राजनिती अत्यनत गम्भिर मोडमा उभिएको बेलामा नेपालको तराई क्षेत्रमा गठन भएका संघ र संगठनहरु पुन: अपहरण र हत्याको राजनीतीमा उत्रेका छन। गौर गटना पछि तेती ठूलो घटना त गटेन तर छिटफुट गटना भने भैरहेका छन। नेपाल सरकार पनि मूख दर्शक बनेर बसेका छन। अपहरण र हत्याको राजनिती गर्ने शिक्षा त मावोबादीकै सिको गरेका हुन भन्दा फरक नपर्ला। अब मावोबादी पनि सरकारमा छ र उसले पनि राज्य र जन धनको सुरक्षा गर्नु सरकारको तर्फबाट कर्तब्य हुन आउछ। तर त्यो कर्तब्य कसैले पनि पुरा गर्न सकेका छैन। गृह मन्त्रिले वार्तको अवाधी तोकेको केहि समयमै तराई क्षेत्रमा अपहरण र हत्या सुर भयो। सरकार र गृहमन्त्रिको नाताले समय अवाधी तोक्नु नराम्रो त होइन। आठ दल भित्रैबाट पनि गृहमन्त्रीको भनाईको बिरोध भयो। कसरी होला त नेपालीहरुको जन र धनको सुरक्षा?

अब फेरी तराईका कुनै संगठन हरु विगतका मावोबादीकै सिको गर्दै संयुक्त राज्यको सुपरिवेक्षण मात्रै वार्ता गर्ने कुराको उदघोष गरेका छन। अब तिनिहरुको मागलाई पुरा गर्ने हो भने नेपाल विभिन्न भागमा विभाजन गर्नु पर्ने हुन्छ। तराई, मध्य, पाहड र हिमाली। जातीया आधरमा विभाजन गर्ने हो भने त कति भाग गर्नु पर्ने हो? के नेपालमा सच्चा नेपाली कोही छैन? पहिला हामी नेपाली, अनि बल्ल मदेसी र पाहडी वा महिला र पुरुष, जाती जनजाती जस्ता कुरा उठाउन सकिन्छ। के नेपालीहरु विच नेपाली भावना र नेपालीत्व समापत भएकै होत? के पृथ्वीनारायान शाहले एकिकरण गरेको नेपाल अब उही २२से २४से राज्यामा विभाजन हुने हो? कस्को हात छ त पहाड र मधेसको बिच फाटो ल्याउने कुरामा? किन नबुजेका हाम्रा मधेसका नेता वनाउदाहरुले? नेपालका नेता वनाउदाहरुले? कुन दुलोमा पसेका थिए हिजोका दिनाम यी तराईका आन्दोलन कर्ताहरु? के तराईको समस्य लोकतन्त्र आउने वितिकै आएको हो? कि मावोबादीहरु सरकारमा गए पछि यो समस्या आएको हो? यदी यसो होईना भने समस्य समाधानको नाम मा देश टुक्राउने कुरामा सम्झौत गर्नु हुदैन।

कुनै पनि देशको मुख्य कानुन भनेको संविधान हो। संविधानको उलंगन गर्ने कुनै पनि ब्याक्ती वा संघ संस्था कानुनको नजरमा दोषी हुन्छ। आज देश टुक्राउनु पर्छ भनेर खुलेआम भन्दै हिड्नेहरुलाई किन राज्यले छुट दिएको छ? देसको अखण्डता माथी नै धावा वोल्नेहरुलाई नसियात दिन किन पछि परेको? के यही हो लोकतन्त्र? देसको सार्वभौमीकता र अखण्डता माथी आँच पु-याउने र प्रश्न उठाउने हरुलाई सरकारले दण्ड दिने र कारबाही गर्न सक्नु पर्छ। नगर्ने हो भने फेरी नेपालमा देश जोगानको लागी अर्को ससंक्त आन्दोलन हुन्छ र त्यो आन्दोलन राष्ट्र प्रेमी देशभक्त नेपालीहरुले गर्ने छ। नेपाली जनताले रगत बगाउन पछि पर्ने छैन। नेपाली आमाको आशिरवादले र देशभक्त नेपालीहरुको सहयोगले विजय प्राप्त गर्नेछ। नेपाली आमा माथी धावा वोल्नेहरुलाई फाँसीमा झुन्डयाईने छ। फेरी तेती बेला हालका लोकतन्त्रवादी नेताहरुको हालत राष्ट्रघातीहरुको नाममा परिणत हुन सक्ने छ। त्यो नेपाल जोगाउने आन्दोलनको नेतृत्व सच्चा देशभक्त नेपालीहरुले गर्नेछ। नेपाली आमालाई लुछाचुँडी, घात गर्ने र देश टुक्राउन चाहान राखनेहरुलाई नेपाली आमाले सराप दिनेछ। आमाले दिएको सरापले तिनीहरुलाई कुनै समयमा सबैलाई भष्म गरिदिनेछ। यो कुरा सबैलाई चेतना भया:::::::::::::::::::::::::!

Posted in नापा ब्लग | No Comments »

ज्यानमाराको नाईके अमेरिकामा बिसिष्ट अतिथी

Posted by M.T. Lama on July 10th, 2007

कुरा ग-यो कुराकै दु:ख भनेझै फेरी उही पुरानो विषयमा केही लेख्न जरुरि ठानेर दुई सब्द लेख्न लागीरहेको छु। कतिजनालाई मन नपर्ला कतिलाई मन पर्ला यो मैले लेखेको कुराहरु। सत्य कुरा सधै तितो हुन्छ भने झै यहाँ लेखेका कतिपय कुराले कसैलाई चसक्क घोच्न पनि सक्छ। मानव भएर जन्मे पछि बाँचुन्जेल सम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो लागी र समाजको लागी केही कर्तब्यहरु पुरा गर्नु पर्दछ। हामी कलेजमा पड्दा खेरी नाम कमाउने र धाम कमाउने कुरामा धेरै बहस र छलफल गर्ने गर्थ्यौ। कोही साथीहरु नाम कमाउने कुरामा, कोही धाम कमाउने कुरमा अनि कोही चै नाम र धाम दुबै कमाउने कुरामा लाग्नु पर्ने खालका आ‍-आफ्नै तर्क अघि सार्थे। ठट्टा गर्दै एक जना साथीले नाम कमाउन सजिलो हुने तर्क अघि सारे। कसरी नाम कमाउने? साथीले चुरोटको धुवाँ उडाउदै भन्यो, नाम त जसरी कमाए पनि हुन्छनि अझ त्यसमाथी नाम कमाएमा सरकारलाई कर तिर्नु पर्दैन धाम कमाएमा कर तिरे जस्तै। सजिलो चै मान्छे नै मारेर नाम कमाए पनि हुन्छ नी। अर्को साथीले सोध्यो, कसरी नाम कमाइन्छ यार मान्छे मारेर पनि? साथीले उत्तर दियो, मान्छे मारे पछि ज्यानमारा भनेर सबैले भन्छ। अनि कमाईएन नाम?

यस्तै ठट्टागर्दाको प्रसंग अलिकति भएपनि मिल्न खोजे जस्तो लाग्यो। नेपालमा तिन दर्जन नेपालीहरुको अनाहकमा ज्यानलिएर नाम कमाउन सफल नाईके उपेन्द्र यादव अहिले अमेरीका भ्रमण गरिरहेको छ। Upendra Yadavपंच्यायती नेता देखि माओबादि पार्टीको नेता भएर केहि गर्न नसकेपछि भारतिय गुण्डाहरुको भरमा तिन दर्जन निशस्त्र नेपालीहरुको रगतमा पौडीखेलर नाम कमाउन सफल भएको गुण्डा हो उपेन्द्र यादव। Read the rest of this entry »

Posted in नापा ब्लग | 1 Comment »

राजा नरहे पनि देश रहिरहोस् !!

Posted by M.T. Lama on July 4th, 2007

नेपालमा राजा राख्ने र नराख्ने विषय संविधान सभाको पहिलो वैठकले निर्णय गर्नेछ भन्ने कुरा हामी सबैले थाहा पाई सकेकाछौ। गिरिजाको लिडे ढिपीले माओबादीले संसदबाट राजा हटाउने मूद्दालाई पनि धोती लगाइदिए। आठ पार्टीको सरकारले मंसिर ६ गते संविधान सभाको निर्वाचन गराउने तिथीमिती तोकीसकेका छन। मिती तय गरे पनि फेरी निर्वाचन आयोगले कुनै एउटा बाहना बनाएर गराउन नसक्ने ऊदघोषण नगर्ला भनेर पनि भन्न सकिन्न। यसो भैहालेमा पनि हामीले अचम्म मान्नु पर्दैन किन भने यो निर्वाचन भनेको राजा राख्ने रा नराख्ने बिचको लडाइ हो। नेपाली काँग्रेसले राजाको बारेमा कुनै निर्णाय नगरेको हुनाले निर्वाचन हुने कुरामा विश्वस्त हुन सकिन्न।

अर्को तिर तराईमा आन्दोलन भइरहेकोछ जस्ले गर्दा पनि निर्वाचन गराउन स्थिती सहज छैन। तराईको आन्दोलन कर्ताहरु छुट्टै राज्यको माग गर्दै हिडेका छन। छुट्टै प्रशासन माग गरि राखेका छन। अर्को तिर लामो समय देखि देशको केन्द्र विन्दुमा रहेको राजतंन्त्रलाई निर्मूल पार्नेकुराले देशकै अस्तित्व समेत संकटमा नपर्ला भन्न सकिन्न। तराईको आन्दोलनमा दरवारिया घुसपैठ भएको कुरा पनि करिब बाहिरा आउन थालेका छन। आठ पार्टीका नेताहरु कसैलाई जागीर खुवाउने कुरामा अल्झीरहेका छन भने एमाले र मावोबादी कांग्रेस संग बडि नजिक हुने कुरामा तँछाड मछाँड गर्दैछन। उता कांग्रेसले दुवैलाई खेलाएर आफ्नो अनुकुल हुदा मात्र निर्वाचन गराउने कुरामा भित्रैबाट तयारी नगरेको होला भनेर कसरी भन्ने?

संक्रमणकालबाट गुज्रीरहेको नेपाल कुनै देशको अधिनमा नपरोस भन्ने कुरामा हामी आफुलाई जान्ने वुझ्ने भनाउदाहरुले आ-आफ्नो ठाउबाट सबैलाई सजग गराउनु पर्दछ। भारत संग खुल्ला सिमाना रहेको कारणले कतै भारतले नेपाललाई सिक्किम र भुटान जस्तै नबनाउला भनेर पनि भन्न सकिन्न। केही समय अगाडी नेपालका लागि चिनिया राजदुतले नेपालको राष्ट्रियता माथी कसैले हमला गरेमा चिन मुखदर्शक बनेर बस्ने छैन भनेर भन्नु यहि कारणले पनि हुन सक्छ। जे होस, राजा नरहे पनि देश रहि रहोस। देश रहेमा अरु धेरै राजाहरु जन्मिरहने छन। नामको अन्तमा शाह भएकाहरु मात्र राजा नभएर कोईराला,नेपाल अनि दाहाल भएकाहरु पनि राजा हुन पाउने छन। त्यसैले पुन: एक पटक सवैले एकै स्वरमा देश रहिरहोस भनेर संकल्प गरौ।

Posted in नापा ब्लग | No Comments »

कुराकानी: मानोज गजुरेल संग नापाको!

Posted by admin on June 14th, 2007

नापाका मिङमार लामाले मानोज गजुरेल संग गरेको कुराकानीको भिडियो हेर्न यंहा क्लिक गर्नुहोस।

[revver 301987]

Here is a video piece from the Manoj Gajurel Night in Akron: “Prachanda ko Junga Khasyo…….”

Please check out our members site to see more videos from Manoj Gajurel’s program

[revver 306300]

Posted in नापा ब्लग | No Comments »

ओहायोमा मनोज गजुरेलको गर्जन!

Posted by admin on June 10th, 2007

Manoj Gajurel

नेपाल-अमरीका प्रगतिशिल मंच NAPA USA द्वारा आयोजित “मनोज गजुरेल सँग नेपाली साँझ” कार्यक्रम Akron, OH मा नेपालीहरुको ठुलो उपस्थितिमा अत्यन्त भब्यरुपमा संपन्न भयो। ओहायो राज्यको बिभिन्न शहरबाट नेपालीहरुको जनसहभागित रहेको थियो भने छिमेकी राज्य मिसिगनबाट समेत ठूलो संख्यामा कार्यक्रम हेर्न नेपालीहरु आउनुभएको थियो।

नेपाली हाँस्य र ब्याङ्ग्यको क्षेत्रमा उदयमान र हाल अत्यन्त ब्यस्त कलाकारको नाम हो मनोज गजुरेल। प्रथम पटक कार्यक्रमको सिलसिलामा अमेरिका आउनु भएका हाँस्यब्यङ्ग्य कलाकार मनोज गजुरेल ले अमेरीकामै पहिलो पटक आफ्नो कार्यक्रम ओहायोको एक्रन शहरमा अबस्थित एक्रन विश्वविद्यालयमा देखाउनु भयो। क्यारीकेचर, प्यारोडी, हाँस्यब्यङग्य र शन्देसमुलक प्रस्तुतीले भरिपूर्ण कार्यक्रममा सबै खाले दर्शकलाई खुराक पुर्याउने क्रायक्रम प्रस्तुत गर्नुभयो। उक्त कार्यक्रममा स्थानीय कलाकार प्रेम थापा (लाईमा, ओहायो) र निश्चल श्रेष्ठ (डेटन, ओहायो) ले अत्यन्त मिठा सब्दमा स्तरीय संगित सहित गितहरु प्रस्तुत गर्नु भएको थियो भने श्याम कायस्थ(मिसिगन) ले एउटा नेवारी भाषाको गित समेत प्रस्तुत गर्नु भएको थियो। स्थानिया कलाकरहरुको कला र गलाले कार्यक्रममा अझ रौनकत्ता प्रदान गरेको थियो।

मिङमार लामाको संचालन, गोविन्द पौडेलको स्वागत भाषाण, मनोज गजुरेलको गर्जन र स्थानीय कलाकारको गित संगितबाट संपन्न उक्तकार्यक्रममा सवै उपस्थित सहभागीहरु संग बेलुकी रात्रीभोज सहित कार्यक्रम संपन्न भयो। रात्री भोजमा समेत गित, संगित, र नाचगान समेत गरि कार्यक्रम भब्यताक साथ सम्पन्न भयो।

क्रयक्रममा खिचिएका केहि photo हरु हेर्न यहाँ क्लिक गर्नहोस्।। Program को अरु update पछि थप्दै जानेछौ

Posted in नापा ब्लग | 1 Comment »

United Nepalese Democratic Forum USA को सम्मेलन संपन्न

Posted by admin on May 29th, 2007

United Nepalese Democratic Forum USA को तेश्रो सम्मेलन मेरील्यान्ड राज्यको बाल्टीमोर शहरमा भब्य रुपमा सम्पन्न भयो। नेकपा ऐमालेका केन्द्रीय सदस्य तथा पूर्व मंन्त्री भिम रावालले उदघाटन तथा उहाँकै प्रमूख आतिथ्याम सम्पन्न उक्त सम्मेलनमा डा. राम चन्द्र बरालको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको छ। सम्मेलनमा विभिन्न राज्यबाटा ठूलो संख्यमा नेपालीहरुको उपस्थीती रहेको थियो। २ दिन सम्मा चलेको उक्त सम्मेलनको उदघाटन कार्यक्रममा प्रसिद्ध नेपाली लोक गायक प्रेम राजा महतको पनि उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा उहाँले लोक भाकामा समसामयीक विषयमा अत्यन्त मार्मीक र सानदर्भीक एउटा गित समेत प्रसतुत गर्नु भएको थियो।

अध्यक्ष: डा. राम चन्द्र बराल
उपाध्यक्ष: टेक बहादुर गुरुङ
सचिव: गणेश कुवाँर
उप-सचिव: रुद्र अर्याल
कोषाध्यक्ष: रिशाव राज खरेल
सदस्य: गोविन्द पौडेल
सदस्य: राम चन्द्र काफ्ले
सद्स्य: सिता खरेल
सदस्य: भिम कार्की
सदस्य:निलमणी आचर्य
सदस्य: सोम गुरुङ
सदस्य: सि एन घिमिरे
सदस्य: सविन ढकाल
बाँकी नाम प्राप्त हुन सकेन। प्राप्त हुने बितिकै थपिने छ।
Click picture to view the PowerPoint Presentation

Posted in नापा ब्लग | No Comments »